अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एक सात्ता नबित्दै सार्वजनिक यातायातको भाडा फेरी बढ्यो

एक सात्ता नबित्दै सार्वजनिक यातायातको भाडा फेरी बढ्यो


काठमाडौ – सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । चुनावलगत्तै पेट्रोलियम पदार्थमा भारी मूल्यबृद्धि गरेको सरकारले एक सातामै फेरि सार्वजनिक सवारी साधनको भाडा बढाएको हो ।

यातायात व्यवस्था विभागले हिजो साँझबाट लागू हुनेगरी भाडा वृद्धि गरेको जनाएको छ । विभागले एक सूचना जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बढेसँगै स्वचालित प्रणालीअनुसार भाडा वृद्धि भएको जनाइएको छ ।
सार्वजनिक यातायातको भाडा समायोजन गर्दा इन्धनको बजार मूल्य ५ प्रतिशत भन्दा बढी वृद्धि भएमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढाइएको विभागले जनाएको छ ।

पेट्रोलियम पदार्थको मूल्य घटेमा फेरि स्वचालित प्रणाली अनुसार भाडा घट्ने छ भने पेट्रोलियम पदार्थको मूल्य बढेमा थप बढ्नेछ । यसअघि विभागले जेठ ४ र २०७८ चैत २० गते भाडा वृद्धि गरेको थियो । आयल निगमले आइतबार रातिदेखि पेट्रोल र डिजेलको मूल्य लिटरमै १० रुपैयाँ बढाएको थियो । सोही कारण देखाएर बिभागले भाडा बढाएको हो ।