काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन)को जित सुनिश्चित देखिएको छ । उनी स्वतन्त्र उम्मेदवार हुन् ।
यो समाचार तयार पार्दा सम्ममा बालेनले ५५ हजार ७७७ मत प्राप्त गरेका छन् । उनका नजिकका प्रतिस्पर्धी सिर्जना सिंहको ३५ हजार ३७१ मात्र मत छ । अब गन्न बाँकी मत र दुई बिचको फरक मतका आधारमा बालन जित नजिक पुगेका हुन् ।
सुरुदेखि नै अग्रता कायम गरेका बालेनले सत्ता गठबन्धनलाई पछाडि पार्दै फराकिलो मतान्तर बनाइरहेका छन् ।
काठमाडौंमा उपमेयरमा भने एमालेकी सुनिता डंगोल फराकिलो मतान्तरले अगाडि छिन् । सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठ फराकिलो मतान्तरले पछाडि परेका हुन् । सुनिताले ५१ हजार २ सय भन्दा बढी मत ल्याइसकेकी छन् । श्रेष्ठभन्दा तेब्बर मत भएकाले उपमेयरमा डंगोलले जीत सुनिश्चित गरेकी छन् ।
प्रतिक्रिया