दैलेख -गएराति दैलेखमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य आठ जना घाइते भएका छन्।
बुधबार राति दैलेखको आठबीस नगरपालिका(२ सिस्नेमा म १ ख ६६० नम्बरको बस सडकबाट कर्णाली नदीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। बस मुगुबाट नेपालगञ्ज जाँदै थियो।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी भुवनेप्रसाद साहका अनुसार मृतकको सनाखत हुन बाँकी छ।
खचाखच यात्रुले भरिएको बस तीव्रगतिको कारण दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ।







प्रतिक्रिया