अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गणतन्त्र दिवशका अवसरमा ८ सय ३४ जना कैदीको कैद मिनाहा

गणतन्त्र दिवशका अवसरमा ८ सय ३४ जना कैदीको कैद मिनाहा


काठमाडौं -राष्ट्रपति विद्यादेवी भण्डारीले ८सय ३४ जना कैदीको कैद सजाय माफ गर्नुभएको छ ।
गणतन्त्र दिवसका अवसरमा ती कैदीको सजाय माफी गरिएको हो।
विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८ सय ३४ जना कैदीको सजाय मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले विभिन्न अदालतबाट तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बुसमेतका २७१ जना र नरबहादुर साँवासमेतका ५४७ तथा उमाकान्त पराजुलीसमेतका १६ जनालाई २०७९ जेठ १५ गतेदेखि माफी मिनाहा गर्नुभएको हो ।