अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तारा एयरको जहाज भन्दै भारतीय हेलिकोप्टरको फोटो भाइरल

तारा एयरको जहाज भन्दै भारतीय हेलिकोप्टरको फोटो भाइरल


काठमाडौं- आइतवार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज अहिलेसम्म बेपत्ता छ ।

मुस्ताङको शिखा पुगेर अन्तिम सम्पर्क भएको जहाज त्यसपछि बेपत्ता भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।

प्राधिकरण र ताराको मूल संस्था यति एयरलाइन्सले पनि जहाजको अवस्था अज्ञात नै रहेको जनाएको छ। तर यसबीचमा मुस्ताङमा ताराको जहाज दुर्घटनामा परेको भन्दै सामाजिक सञ्जालमा एउटा फोटो भाइरल बनाइयो।

जहाज बेपत्ता भएको क्षेत्रमा मानिसहरु पैदलबाट र जोमसोमबाट हेलिकोप्टर समेत जान नसकेको अवस्थामा एकाएक भाइरल भएको उक्त फोटोले स्तब्ध बनायो।

बेपत्ता जहाज र त्यसमा सवार चालक दलका तीनसहित २२ जना सकुशल भेटियुन् भन्ने कामना भइरहेका बेला उक्त तस्बिर एकाएक भाइरल हुन पुगेको हो। 

सामाजिक सञ्जाल फेसबुकमा एकाएक भाइरल भएको त्यो तस्बिर नेपालमा भएका कुनै हवाई दुर्घटनासँग सम्बन्धित थिएन। 

सामाजिक सञ्जालका प्रयोगकर्ताले घटनाको वास्तविकतासम्म पुग्दै नपुगी मुस्ताङमा ताराको जहाज दुर्घटना भन्दै भाइरल बनाइएको त्यो तस्बिर थियो भारतको।

भारतका चिफ अफ डिफेन्स स्टाफ तथा भारतीय सेनाका पूर्व प्रमुख विपिन रावत सवार उक्त हेलिकोप्टर गत मंसिर २२ गते दुर्घटनामा परेको थियो।