अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हराएको विमान खोज्न तीन ठाउँमा हेलिकोप्टर स्ट्याण्डवाई

हराएको विमान खोज्न तीन ठाउँमा हेलिकोप्टर स्ट्याण्डवाई


काठमाडौं – तारा एयरले आइतबार बिहान पोखराबाट जोमसोम जाने क्रममा हराइरहेको जहाज खोजीका लागि हिँडेको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको छ ।

आइतबार दिउँसो विज्ञप्ति जारी गर्दै तारा एयरले हराइरहेको जहाज खोजी र उद्दारका लागि काठमाडौं, पोखरा र जोमसोममा हेलिकप्टरहरु स्ट्यान्डबाई राखिएको जनाएको हो ।

एयरले मौसममा सुधार आउनेबित्तिकै हवाई मार्गबाट खोजी कार्य सुरु गर्ने जनाएको छ । साथै नेपाली सेना, नेपाल प्रहरी र तारा एयरको उद्दार टोली स्थलमार्गबाट घटनास्थलतर्फ खटिएको जनाएको छ ।

तारा एयरको ट्वीनअटर विमान आइतबार बिहान ९ः ५५ बजे १९ यात्रु र ३ चालक दलका सदस्यसहित जोमसोमतर्फ उडेको थियो । उक्त विमान उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो । विमानमा यति एयरका पाइलट वसन्त लामा समेत सवार रहेका थिए ।