अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लेते क्षेत्रमा भेटिएन जहाज, खोजी टोली मानापाथी हिमालतर्फ जाँदै

लेते क्षेत्रमा भेटिएन जहाज, खोजी टोली मानापाथी हिमालतर्फ जाँदै


काठमाडौं – जोमसोमका लागि पोखराबाट उडेको तारा एयरको जहाज सम्पर्कविहीन बनेपछि खोजीका लागि गएको टोली मानापाथी हिमालतर्फ जाने भएको छ ।

थासाङ गाउँपालिकाको लेतेमा जहाजको खोजी गर्दा नभेटिएपछि टोली त्यहाँबाट मानापाथीतर्फ जान लागेको हो ।

धौलागिरी र मानापाथी हिमालको फेदतिर जहाज खसेको हुन सक्ने अनुमान गरिएको छ । यसअघि लेते क्षेत्रबाट सम्पर्कविहीन भएको हुनसक्ने आशंकाले त्यहाँ प्रहरी, सेना, सशस्त्रको टोलीले खोजी गरेको थियो । तर, त्यस क्षेत्रमा पनि जहाजको कुनै अवशेष नपाइएपछि टोली धौलागिरी र मानापाथी हिमालतर्फ जान लागेको जनाएको छ ।