अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यार्सा टिप्न गएकाहरुले जहाज भेटिएको खबर गाउँमा पठाए

यार्सा टिप्न गएकाहरुले जहाज भेटिएको खबर गाउँमा पठाए


काठमाडौं- आइतबार बिहानदेखि हराइरहेको तारा एयरको जहाज केहीबेर अघि दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । नेपाली सेना,प्रहरी र स्थानीयवासीले हिजो देखि खोज्दा नभेटेको जहाज यार्चा टिप्न गएका गाउँलेहरुले देखेको मुस्ताङको थुसाङ २का वडाअध्यक्ष गौतम शरचनले जानकारी दिनुभयो ।
शेरचनका अनुसार यार्चा टिप्न जाने गाउँलेहरुले जहाजलाई दुर्घटनाग्रस्त अवस्थामा देखेपछि गाउँमा खबर गरेका हुन् ।
जहाज चार हजार मिटर माथि डाँडामा ठोक्किएको अनुमान गरिएको छ । दुर्घटना भएको ठाउँ गाउँभन्दा धेरै माथी पर्दछ । करिब ४ हजार मिटर उचाइको उचाइमा जहाज ठोक्किएको हुनसक्ने अनुमान गरिएको छ ।