अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जहाज दुर्घटना स्थलमा सेनाको उद्धार टोली पुग्यो,थप मद्धत पठाउन मौसम बाधक

जहाज दुर्घटना स्थलमा सेनाको उद्धार टोली पुग्यो,थप मद्धत पठाउन मौसम बाधक


काठमाडौं -आइतबारदेखि बेपत्ता भएको तारा एअरको विमान दुर्घटना भएको स्थलमा नेपाली सेनासहितको सुरक्षाकर्मीको टोली पुगेको छ।
बिहान ७ बजेर ५० मिनेटमा नेपाली सेना र नेपाल प्रहरी त्यहाँ पुगेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो।

‘जहाँ विमान दुर्घटना भएको हो, त्यहाँ एउटा टोली पुगिसकेको छ। शव यत्रतत्र छरिएको छ भन्ने खबर आएको छ,’ शर्माले भन्नुभयो ‘उद्धारका लागि थप टोली पठाउने तयारी भइरहेको छ। यद्यपि, मौसम प्रतिकूल भएकाले घटनास्थलमै हेलिकोप्टर पुगेर ल्याण्ड गर्न सक्ने अवस्था छैन।’