अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन सरकारको बजेट भाषणमा पनि गोरखा शब्द सुनिएन : बाबुराम भट्टराई

गठबन्धन सरकारको बजेट भाषणमा पनि गोरखा शब्द सुनिएन : बाबुराम भट्टराई


काठमाडौं – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई वर्तमान गठबन्धन सरकारले पनि गोरखा जिल्लालाई बेवास्ता गरेको आरोप लगाउनुभएको छ । 

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९ र ८० को बजेटमा गोरखा जिल्लामा ठूलो बजेट नपरेपछि उनले त्यस्तो आरोप लगाउनुभएको हो ।

गठबन्धन सरकारको बजेट भाषणमा पनि गोरखा शब्द नसुनेको डा.भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ । आफूले गोरखाको विकासको लागि जति कराए पनि सरकारले नसुनेको उहाँले बताउनुभएको छ ।

‘वेनीघाट–आरूघाट–लार्के सडक, पालुंगटार एयरपोर्ट, ऐतिहासिक–धार्मिक पर्यटन सर्किट, औद्योगिक क्षेत्र, जडीबुटी केन्द्र, कृषि परियोजना, शैक्षिक केन्द्र आदिवारे कराइयो  खै ?,’ उहाँले भन्नुभएको छ ।