अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तारा एयरको विमान दुर्घटनाको प्रतिवेदन तीन महिनामा,मृतक परिवारले कति पाउछन् विमा रकम ?

तारा एयरको विमान दुर्घटनाको प्रतिवेदन तीन महिनामा,मृतक परिवारले कति पाउछन् विमा रकम ?


काठमाडौं -आइतबार तारा एअरको विमान मुस्ताङको थासाङमा दुर्घटना हुँदा २२ जनाको ज्यान गयो । दुर्घटनामा १९ जना यात्रु र चालकदलका तीन सदस्यको ज्यान गएको छ । दुर्घटनामा मृत्यु भएका सबैको शब काठमाडौं ल्याइएको छ र पोष्टमार्टम प्रक्रियामा छ । दुर्घटनाको छानबिन गर्न पर्यटन मन्त्रालयले ५ सदस्यीय छानबिन समितिसमेत बनाएको छ ।
तारा एअरको दुर्घटनाको कारण पत्ता लगाउनका लागि सरकारले वरिष्ठ एरोनोटिकल इञ्जिनियर रतिशचन्द्रलाल सुमनको अध्यक्षतामा क्याप्टेन दिपुराज ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इञ्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र पर्यटन मन्त्रालयका वुद्धिसागर लामिछाने सदस्यसचिव रहने गरी समिति बनाएको छ । छानबिन समितिका सदस्यसचिव वुद्धिसागर लामिछानेका अनुसार समितिले आफ्नो काम सुरु गरिसकेको छ । समितिले दुर्घटनाको अवस्था, चालकदलको अवस्था, छावरसँग भएको कुराकानी, मौसमको अवस्था ब्ल्याक बक्समा भएको कुराकानी आदि सबै कुरा समेटेर दुर्घटनाको कारण र रोकथामका उपायसहित प्रतिवेदन बुझाउने छ ।
सदस्य सचिव लामिछानेका अनुसार समितिले छिटोभन्दा छिटो काम गर्नेछ र करिब ३ महिनामाभित्रै प्रतिवेदन दिने छ ।
प्रत्येक मृतकका परिवारलाई २० हजार अमेरिकी डलर बीमा रकम

आन्तरिक हवाई दुर्घटनामा मृत्यु भएका प्रत्येक मृतकका परिवारले प्रतिमृतक २० हजार अमेरिकी डलर पाउने कानुनी व्यवस्था रहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देव चन्द्र लाल कर्णका अनुसार आन्तरिक हवाई दुर्घटनामा ज्यान गुमाउने प्रत्येक नागरिकका परिवारले प्रतिव्यक्ति २० हजार अमेरिकी डलर पाउने छन् । एक अमेरिकन डलरको सटही दर १२४ रुपैया रहेको कारण प्रतिमृतकका परिवारले करिब २५ लाख रुपैयाँ पाउनेछन् । यो रकम विमान कम्पनीले आफ्ना यात्रुका लागि गरेको बीमावापत बीमा कम्पनीले भुक्तानी गर्नेछन् ।