जनकपुर- नेपालको एक मात्र रेल आगलागी हुनबाट जोगिएको छ । बिहीबार दिउँसो ३ बजेर १५ मिनेटमा जयनगरबाट कुर्थातर्फ आउने क्रममा जगनगरको १ नम्बर गेटबाट निस्केको केहि बेरमै रेलको एउटा बग्गीबाट धुँवा निस्किन थालेको थियो ।बग्गीको सामान राख्ने र्याकमा राखेकोे एसिड पोखिएपछि धुवाँ निस्किन थालेको नेपाल रेल्वे विभागका महाप्रबन्धक निरन्जन झाले जानकारी दिनुभयो। धुवाँ निस्के पनि आगलागी हुन नदिएर तत्कालै नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो। ‘ठूलो क्षति हुनबाट जोगिएको छ’ झाले भन्नुभयो ‘प्रहरी तथा रेल्वे कर्मचारीले तत्कालै नियन्त्रणमा लिएपछि आगलागी भएन् ।
नत्र ठूलै क्षति हुने अवस्था थियो ।’धुवा निस्केर आगलागी हुने सम्भावना देखिएपछि बग्गीमा सवार यात्रुबीच भागाभागको स्थिति बनेको थियो ।रेलभित्र पोखिएको एसिड बोकेर एक जना पुरुष फरार भएका छन् । सोही बग्गीमा ५ किलोको सानो ग्यास सिलिण्डर पनि राखिएको थियो ।
रेलमा एसिड ग्याँस जस्ता प्रज्वलनशील पदार्थ लिएर यात्रा गर्न पाइँदैन् । एकै सिटमा बसेका दुई महिला र एक पुरुषमध्ये पुरुष भागेपछि शंकाको आधारमा दुई जना महिलालाई भारतीय प्रहरीले नियन्त्रणमा लिई नेपालको सशस्त्र प्रहरीलाई जिम्मा लगाएको छ । यसबारे अन्य अनुसन्धान भइरहेको महाप्रबन्धक झाले बताउनुभयो ।





प्रतिक्रिया