अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जहाज दुर्घटनापछि तारा एयरको पोखरा जोमसोम उडान एक साताका लागि स्थगित

जहाज दुर्घटनापछि तारा एयरको पोखरा जोमसोम उडान एक साताका लागि स्थगित


काठमाडौं -तारा एयरले पोखरा–जोमसोम उडान एक साताका लागि स्थगित गरेको छ ।
उक्त एयरले आजदेखि जेठ २७ गतेसम्मका लागि पोखरा–जोमसोम नियमित उडान स्थगित गरेको हो।
तारा एयरको भगिनी संस्था यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले विशेष कारणवश आजदेखि एक सातासम्म पोखरा–जोमसोम उडान स्थगित गरिएको जानकारी दिनुभयो। पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज गत आइतबार मुस्ताङको थसाङमा दुर्घटनामा परेको थियो।

दुर्घटनामा चालकदलका सदस्यसहित विमानमा सवार सबै २२ जनाको मृत्यु भएको थियो। दुर्घटनाको छानविन गर्न सरकारले छानविन समिति गठन गरेको छ।