अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कास्की जिल्ला समन्वय समितिमा एमाले प्यानलै विजयी

कास्की जिल्ला समन्वय समितिमा एमाले प्यानलै विजयी


पोखरा – जिल्ला समन्वय समिति कास्कीमा एमालेको प्यानलनै विजयी भएको छ ।

जिल्ला समन्वय समिति कास्कीको आज सम्पन्न निर्वाचनमा एमालेको प्यानल नै विजयी भएको हो । एमाले गण्डकी प्रदेश कमिटीका उपसचिव रश्मि आचार्यका अनुसार समन्वय समितिको प्रमुखमा एमालेका लिलाधर पौडेल विजयी भएका छन् ।

त्यस्तै उपप्रमुखमा एमालेकै सरिता माल विजयी हुनु भएको छ । सदस्यहरूमा सीता देवी विक, हर्कबहादुर गुरुङ, राजु अधिकारी, गणेशबहादुर घर्ति, वालिका सुवेदी, लक्ष्मी दमै, सुकमाया नेपाली विजयी भएका छन् ।  कास्कीमा जिल्ला समन्वय समितिका लागि १० मत रहेकोमा एमालेको ६ र गठबन्धनको जम्मा ४ मत रहेको छ ।