अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

किसान महासंघद्वारा आन्दोलनको घोषणा

किसान महासंघद्वारा आन्दोलनको घोषणा


काठमाडौं – अखिल नेपाल किसान महासङ्घले आन्दोलनको घोषणा गरेको छ ।

शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गर्दै किसानले मल नपाएको, कृषि क्षेत्रमा कालोबजारी र सरकार मौन बसेको भन्दै अखिल नेपाल किसान महासङ्घले आन्दोलन को घोषणा गरेको हो ।

अखिल नेपाल किसान महासङ्घका अध्यक्ष डा. प्रेम दंगालले मुलुकको अर्थतन्त्र सङ्कटको अवस्थामा पुगेको, अर्थतन्त्रका सबैजसो सूचकहरू नकारात्मक देखिनु, दैनिक उपभोग्य वस्तुको मूल्य बढ्नु, पेट्रोलियम पदार्थ र निर्माण सामग्रीमा चरम मूल्यवृद्धि भएको कारण आफूहरू आन्दोलनमा जान बाध्य भएको बताउनुभयो ।

अध्यक्ष दंगालले पहिलो चरणमा प्रधानमन्त्री, कृषिमन्त्री, प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीले प्राप्त गर्ने गरी ज्ञापन पत्र बुझाउने  र मलको चरम अभाव र मूल्यवृद्धिको विषय तथा यसको प्रभाव बारेमा आम जनतालाई सुसूचित गर्ने बताउनुभएको छ। दोस्रो चरणमा सङ्घले सबै प्रदेशका मुख्यमन्त्री कार्यालयमा धर्ना गर्नुका साथै जिल्ला प्रशासन कार्यालयमा धर्ना तथा घेराउ गर्ने, विरोध र्‍याली र आमसभाहरूको आयोजना गर्ने बताउनुभयो ।

किसान महासङ्घले मल आपूर्ति गर्ने नेपाल सरकारका निकायहरू साल्ट ट्रेडिङ कर्पोरेसन, कृषि सामाग्री कम्पनीका डिपोहरूमा तालाबन्दी गर्ने र स्थानीय समस्याहरु समेत उठाउँदै रचनात्मक ढंगले आन्दोलन गर्ने अध्यक्ष दंगालले बताउनुभयो ।