काठमाडौं – निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी फेरि मतदाता दर्ता कार्यक्रम अघि बढाउने भएको छ ।
आयोगले अब बढीमा १ महिनासम्म नयाँ मतदाताको नाम दर्ता गर्न सकिने जनाएको छ । जुन दिन निर्वाचनको मिति तोकिन्छ त्यही दिनबाट दर्ता कार्यक्रम रोकिने भन्दै आयोगले यसबारे छिट्टै निर्णय गरेर नाम दर्ता प्रक्रिया अघि बढाउन लागेको हो ।
२०७९ वैशाख २९ गतेसम्म १८ वर्ष माथिका १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका छन् ।





प्रतिक्रिया