काठमाडौं – काठमाडौं महानगरपालिकामा हरेक महिनाको पहिलो सोमबार समन्वय समितिको बैठक बस्ने निर्णय गरिएको छ।
आज महानगर प्रमुख बालेन शाहको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकमा विकास साझेदार कार्यालयका व्यवस्थापन र कार्यकारी भूमिकामा रहेका पदाधिकारी उपस्थिति रहनेछ । त्यस बैठकले चालू योजना कार्यान्वयनको समीक्षा गर्नेछ । यसैगरी एकीकृत कार्यक्रमबाट सञ्चालन गर्न सकिने योजनाको यकिन गर्नेछ । यसबाट सहरी पूर्वाधार तथा सेवा वितरणमा देखिएका समस्या समाधान हुनेछ अपेक्षा गरिएको छ ।
बैठकमा उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, दूरसञ्चार प्राधिकरण, सडक विभाग, मेलम्ची खानेपानी आयोजनालगायत विकास साझेदार कार्यालयका पदाधिकारी सहभागी रहेका थिए ।
प्रतिक्रिया