अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनले नेपालको विकासमा कुनै योगदान गर्न सक्दैन : महासचिव पोखरेल

गठबन्धनले नेपालको विकासमा कुनै योगदान गर्न सक्दैन : महासचिव पोखरेल



काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धनले नेपालको विकासका कुनै योगदान गर्न नसक्ने बताउनुभएको छ । एमालेसँग एक्लै भिड्ने सामथ्र्य नभएर गठबन्धन गरेको उल्लेख गर्दै पोखरेलले राष्ट्र निर्माणको शक्ति एमाले मात्र भएको दाबी गर्नुभएको छ ।
पार्टी केन्द्रीय कार्यलयमा आज नवगठित केन्द्रीय सहकारी विभागको पहिलो बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले निर्वाचनको परिणमबाट एमालेका नेता कार्यकर्ताले बिचलित हुनु नपर्ने बताउनुभयो ।
पोखरेलले सहकारीहरुलाई गरिवी निवारणको प्रमुख माध्यम बनाउनु पर्नेमा जोड दिनुभयो । एमालेका नेता कार्यकर्ताले सञ्चालन गरेका सहकारीको अनुशरण अन्य सहकारीहरुले गर्न लायक हुनुपर्ने पोखरेलको भनाइ छ ।
बैठकमा सहकारी विभागका सदस्यहरुको सपथ ग्रहण र भावी कार्ययोजना बारेमा छलफल भएको विभागका सदस्य रामबहादुर जिसीले जानकारी दिनुभयो ।