अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय चुनावमा कांग्रेस-माओवादीले धोखा दियो : झलनाथ खनाल

स्थानीय चुनावमा कांग्रेस-माओवादीले धोखा दियो : झलनाथ खनाल


काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थानीय चुनावमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आफूहरुलाई धोखा दिएको बताउनु भएको छ ।

चुनावको समीक्षा गर्न शनिवार बसेको सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै खनालले चुनावमा भएको गठबन्धनले धोका दिएको बताउनु भएको हो । उहाँले पाँच दलीय गठबन्धनमा नेकपा एसमाथि अन्य दलले पनि धोखा दिएको बताउनु भयो ।

‘यो पाँच दलको गठबन्धनभित्र सम्मानजनक ढंगले गठबन्धन हुँदै भएन । त्यो नभएको हुनाले हामी असन्तुष्ट छौं । त्यो असन्तुष्टि हामीले पाँचदल भित्र पनि राखेका छौं । हामी आफैं पनि समीक्षा गर्दैछौं’ नेता खनालले बताउनु भयो ।

सम्मानित नेता खनालले वामपन्थी दलहरुबीचको एकता तत्कालका लागि आवश्यक भएपनि मुख्य नेताहरुका कारण त्यो सम्भावना कमजोर रहेको तर्क गर्नुभयो ।