परासी -जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको यात्रुसहितको बस आइतबार बिहान भैरहवा परासी हुलाकी राजमार्ग खण्डमा दुर्घटनामा परेको छ ।
दुर्घटनामा कति जनाको मृत्यु भयो भन्ने यकिन भएको छैन । सुरक्षाकर्मी र स्थानीयवासीको उद्धारमा करिब ४० जना घाइते यात्रुलाई उद्धार गरी अस्पतालमा पुर्याइएको छ ।
लु २ ख ३८४१ नम्बरको रात्रिकालीन बस आइतबार बिहान पौने ५ बजेतिर भैरहवा नजिकैको रोहिणी खोलाको पुलबाट खोलामा खसेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक केशव केसीले तीनवटा जेसीभीको माध्यमबाट दुर्घटनामा परेको बसलाई पल्टाएर यात्रुको उद्धार गर्ने क्रम जारी रहेको जानकारी दिनुभयो ।
केसीका अनुसार अहिलेसम्म ३२ जना यात्रुलाई उद्धार गरी भैरहवास्थित भीम अस्पतालमा र युनिभर्सल शिक्षण अस्पतालमा पुर्याइएको छ । ‘दुर्घटनामा केही यात्रुको मृत्यु पनि भएको हुन सक्छ तर यसबारे अस्पतालबाटै प्रमाणित हुन सक्ला‚’ केसीको भनाइ छ ।
दुर्घटनाको कारण खुलेकोा छैन ।





प्रतिक्रिया