काठमाडौं -नेकपा माओवादी केन्द्रका पूर्वस्थायी समिति सदस्यहरूको बैठक सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बैठक चलिरहेको हो ।
बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, पार्टी पदाधिकारीलाई पूर्णतालगायत एजेन्डाबारे छलफल हुने तालिका छ ।
यो बैठक यसअघि शनिबार दिउँसो ३ बजेका लागि बोलाएको थियो । तर, तयारी पर्याप्त नभएको भन्दै स्थगित गरिएको थियो ।
स्थानीय निर्वाचन सकिएपछि माओवादी केन्द्रले बोलाएको यो पहिलो बैठक हो ।





प्रतिक्रिया