अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अन्तरघात गर्नेलाई कारबाही हुन्छ : देवराज घिमिरे

अन्तरघात गर्नेलाई कारबाही हुन्छ : देवराज घिमिरे

एमाले नेता हुँ भन्ने गठबन्धनलाई भोट हाल्ने कसैलाई छुट छैन


उदयपुर – नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्र्चाज देवराज घिमिरेले एमाले नेता हुँ भन्ने अनि गठबन्धनलाई भोट हाल्ने कसैलाई छुट नहुने बताउनु भएको छ ।

उदयपुरको सदरमुकाम गाईघाटमा आयोजित नेपाल निजामती कर्मचारी संगठन प्रदेश १ को प्रथम अधिवेशनलाई उद्घाटन गर्नुहुँदै घिमिरेले पार्टीका नेता र कार्यकर्ताले गठबन्धनलाई भोट लगाउनु गम्भीर विषय भएको बताउनु भयो ।

स्थानीय तहको निर्वाचनमा पार्टीभित्रका नेताको अन्र्तघातकै कारण धेरै ठाउँमा पराजित हुनु परेको निष्र्कष निकाल्दै उहाँले भन्नुभयो, ‘आफु अनुकुल निर्णय नहुँदैमा विपक्षी पार्टीलाई भोट हाल्ने विषय चानचुने हैन, यसको गम्भीर समीक्षा हुन्छ र त्यस्ता अन्र्तरघात गर्नेलाई कार्वाही गर्छौं ।’ दया र मायाले पार्टी संगठन नचल्ने भन्दै उहाँले स्वार्थको राजनीतिको अन्त्य गर्न यसपटकको निर्वाचनको परिणामले निर्मम समीक्षाको बाटो रोजेको उल्लेख गर्नु भयो ।

‘आफूले भनेको सबै ठीक अरुले भनेको सबै बेठिक,’ नेता घिमिरेले भन्नुभयो, ‘पार्टी भित्रको अहमता र घमण्डको सिमा नाघेकाले तल्लो स्तरबाटै समीक्षा गरी त्यस्तालाई कार्वाही गर्छौ ।’

उहाँले भन्नुभयो, ‘एकातर्फ एमालेलाई समाप्त पार्न राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिको चर्को चलखेल छ । अर्कोतर्फ आफुभित्रै पार्टी सिध्याउने जमात छ, त्यसका बाबजुद प्रतिकुल समयमा नेकपा एमाले सिट संख्याले दोस्रो भए पनि जनमतले पहिलो शक्ति हो ।’

इन्र्चाज घिमिरेले नेकपा एमालेलाई सिध्याउनु भनेको राजनीतिक अस्थिरता मच्चाउनु र कम्युनिष्ट आन्दोलनलाई सखाप पार्नु नै भएकाले विचलित नभई त्यसविरुद्ध डटेर सामना गर्न निर्देशन दिनु भयो । विगत चार वर्षदेखि सदनमा अडकिएको संघीय निजामती ऐनका सन्र्दभमा उहाँले राजनीतिक वातावरण भयो भने मात्र कर्मचारीको हितमा ऐन जारी हुने बताउनु भयो ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोईरालाले आस्था र विचारका आधारमा कुनै पनि कर्मचारीलाई पुर्वाग्राही ढंगले सरुवा, वढुवा गरे त्यसको संगठनले सशक्त प्रतिरोध गर्ने चेतावनी दिनु भयो । ‘विधी र प्रकृयाका हामी विरोधी हैनौ,’ उहाँले भन्नुभयो, ‘सबै कर्मचारीलाई समान दृष्टिकोणले हेरी व्यवहार गरिन्छ भने हाम्रो सहयोग रहन्छ अन्यथा कसैलाई छोडदैनौ ।’

उहाँले समग्र कर्मचारीको गुनासो, समस्यामा केन्द्रित हुन संगठनले केन्द्रिय कार्यालयबाट एकद्धार प्रणालीको व्यवस्था गर्न लागेको हुँदा नअत्तालिन आग्रह गर्नुभयो । उहाँले जारी हुने संघीय निजामती कर्मचारी ऐनका बिषयमा संगठनले आधिकारिकरुपमा सुझाब पेश गरिसकेकाले कर्मचारीको हकहित, सेवासुबिधा, ट्रेड युनियन अधिकारको प्रतिकुलमा जारी भए सशक्त प्रतिवादन गर्ने चेतावनी दिनु भयो ।

कार्यक्रममा नेकपा एमालेबाट निर्वाचित उदयपुरको चौदण्डिगढी नगरपालिकाका मेयर कालुमान लामा, उपमेयर मणिकादेवी दुलाल, त्रियुगा, कटारी र बेलका नगरपालिकाका उपमेयरहरु क्रमश महेश्वरी राई, गिता खड्का र जिरा राईलाई सम्मान गरिएको थियो ।

त्यसैगरी संगठनका पुर्व केन्द्रिय कमिटीका उपाध्यक्षहरु देवराज कार्की, भागवत यादव, राजकुमारी गिरी, पुर्व केन्द्रिय सदस्यहरु जसबहादुर कार्की, केदारप्रसाद न्यौपाने, रामनारायण महत्तो, पुर्व जिल्ला अध्यक्षहरु वंशबहादुर कार्की, लेखबहादुर श्रेष्ठ, हर्कनारायण श्रेष्ठ र गणेशप्रसाद अधिकारीलाई सम्मान गरिएको थियो ।  

सोमबारसम्म सञ्चालन हुने अधिवेशनको बन्दशत्रले आर्थिक, सांगठानिक प्रतिवेदन पारित गर्दै नयाँ नेतृत्व चयन गर्ने कार्यतालिका रहेको संगठनका उदयपुर अध्यक्ष पुण्यप्रसाद पौड्लले जानकारी दिनु भयो । कार्यक्रममा प्रदेश १ का १४ जिल्लाकै प्रतिनिधिहरुको सहभागिता रहेको जनाइएको छ ।