अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गैरसांसद शेरबहादुर कुँवरलाई मन्त्री बनाउँदै एकीकृत समाजवादी

गैरसांसद शेरबहादुर कुँवरलाई मन्त्री बनाउँदै एकीकृत समाजवादी


काठमाडौं – नेकपा एकीकृत समाजवादीले गैरसांसदलाई मन्त्रीका लागि सिफारिस गरेको छ ।

नेकपा समाजवादीले संघीय संसदको सदस्य नरहेका शेरबहादुर कुँवरलाई मन्त्री बनाउन सिफारिश गरेको हो।

संविधानको धारा ७८ मा संघीय सांसद नभएको व्यक्ति मन्त्री बनेमा ६ महिनाभित्र सांसद बन्नुपर्ने व्यवस्था छ ।  तर अबको ६ महिनाभित्र संसदीय चुनाव हुने भएकाले पनि गैर सांसदलाई मन्त्री बनाउन दलहरूलाई सहज भएको हो । अछामका कुँवरलाई श्रम तथा रोजगार मन्त्रीका लागि पार्टीले आज सिफारिस गरेको हो ।