अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जीवराज आश्रित प्रतिष्ठानको अध्यक्षमा चरणदास तिमिल्सेना

जीवराज आश्रित प्रतिष्ठानको अध्यक्षमा चरणदास तिमिल्सेना


रुपन्देही – जीवराज आश्रित स्मृति प्रतिष्ठानको चौथो अधिवेशनले चरणदास तिमिल्सेनाको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

अधिवेशनबाट प्रतिष्ठानको प्रथम उपाध्यक्षमा युवराज घिमिरे, उपाध्यक्षहरुमा नारायणबावु बस्नेत, भूमिलाल सापकोटा, विमला श्रेष्ठ, ऋषिराम पाण्डे र होमराज बस्याल निर्वाचित हुनु भएको छ ।

त्यस्तै महासचिवमा कल्पना थापा, सचिवमा विष्णु केसी, कोषाध्यक्षमा प्रकाश अर्याल र तीनजना सहसचिवमा सुशीला न्यौपाने, निर्मल पाण्डे, र मोहोनिलाल रिजाल निर्वाचित भएका छन् ।

समितिका सदस्यहरुमा गोपाल न्यौपाने, कृष्णकुमारी थापा, कृष्ण पोखरेल, टोपलाल शर्मा, राजेन्द्र क्षेत्री, केशव भण्डारी, लक्ष्मीदेवी ज्ञवाली, तुल्सीराम पोखरेल, अनन्तराज सिलवाल, दुर्गा गौतम, अप्सरा पाण्डे, र जुनाकुमारी शर्मा निर्वाचित भएका छन्।

अधिवेशनले रामप्रसाद पाण्डेको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति निर्वाचित गरेको छ । लेखा समिति सदस्यमा हीराबहादुर केसी र नारायण अर्याल रहेका छन् ।

संस्थापक सदस्य १९३, आजीवन सदस्य ४३, विशिष्ट सदस्य १०२, संस्थागत २ र स्थायी साधारण सदस्य ६२ गरी ४०२ जना संस्थाका सदस्य छन् । आजीवन र विशिष्ट सदस्यका लागि सदस्यता खुला गरेको नवनिर्वाचित अध्यक्ष तिमिल्सेनाले जानकारी दिए ।

अधिवेशन उद्घाटनका वक्ताहरुले नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको विचार, सिद्धान्त र आदर्शविपरीत नेताहरु हिंडेका कारण पार्टीमा समस्या परिरहेको बताएका थिए ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य शिवराज सुवेदी, आश्रित प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा पूर्वसांसद देवेन्द्र घिमिरे, एमाले नेता बाबुराम भट्टराईलगायतले बोल्नु भएको थियो ।