अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कसलाई मन्त्री बनाउने या नबनाउने निर्णय पार्टीको हो, अरुले गर्ने होइन : झलनाथ खनाल

कसलाई मन्त्री बनाउने या नबनाउने निर्णय पार्टीको हो, अरुले गर्ने होइन : झलनाथ खनाल


काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा सांसद झलनाथ खनालले कुन व्यक्तिलाई मन्त्री बनाउने या नबनाउने भन्ने कुरा सम्बन्धित पार्टीको सार्वभौम कुरा भएको बताउनु भएको छ ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिदैँ खनालले कुन व्यक्तिलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीको सार्वभौम कुरा भएको बताउनु भएको हो ।

खनालले भन्नुभयो, ‘कुन व्यक्तिलाई मन्त्री बनाउने या नबनाउने भन्ने कुरा सम्बन्धित पार्टीको सार्वभौम कुरा हो । अरुले गर्ने होइन । हाम्रो पार्टीका तर्फबाट कसलाई मन्त्री बनाउने या नबनाउने भन्ने कुराको निर्णय नेकपा एकीकृत समाजवादीले गर्छ यो धर्तीका अरु कुनै तागतले गर्ने कुरा होइन । हामीले पहिले नै सहमती त्यस्तै गरेका थियौँ। ६ महिनासम्म एउटा टिमलाई दिने। त्यसपछाडि अर्को टिम पठाउने भन्ने सुरुकै हाम्रो सहमति हो। त्यही अनुसार हामीले गरेको हो।’

‘हामीले पार्टीको कमिटीमा सल्लाह गर्ने हो। कमिटीले निर्णय गर्छ। त्यसलाई पालना गर्नुपर्छ। हाम्रो पार्टीमा लाखौँ सदस्यहरु हुनुहुन्छ। लाखौँ सदस्यहरु भएपनि कमिटीहरुले निर्णय गर्छन्। त्यसलाई हामी सबैले पालना गर्छौ। पद्धती नै त्यही हो नि’ उहाँले भन्नुभयो ।