अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नीति कार्यक्रम बनाउनुअघि एमालेले स्थानीय तहका प्रमुख-उपप्रमुखलाई प्रशिक्षण दिने

नीति कार्यक्रम बनाउनुअघि एमालेले स्थानीय तहका प्रमुख-उपप्रमुखलाई प्रशिक्षण दिने


काठमाडौं – नेकपा एमालेले निर्वाचित प्रमुख  र उपप्रमुखलाई दुई दिने पशिक्षण दिने भएको छ ।

आगामी असार २ र ३ गते काठमाडौंमा सम्पूर्ण प्रमुख र उप-प्रमुखहरुलाई बोलाउने निर्णय भएको केन्द्रीय कार्यलय सचिव डा. भिष्म अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रशिक्षण दिनु हुनेछ । त्यस्तै पूर्व अर्थमन्त्री तथा नेताहरुले नीति कार्यक्रम र बजेट निर्माणका विषयमा प्रशिक्षण दिनु हुनेछ ।

एमालेले आफना सवै प्रमुख र उपप्रमुखलाई पार्टी  केन्द्रले घोषणापत्रमा राखेका र आफूले स्थानीय स्तरका  प्रतिवद्धता पत्रमा राखेका कार्यक्रमहरुलाई प्राथमिकतामा राख्न निर्देशन दिने भएको छ ।

स्थानीय तहले असार १० गतेसम्ममा नीति कार्यक्रम बजेट सार्वजनिक गरिसक्नु पर्ने संवैधानिक व्यवस्था छ ।