नवलपरासी – अंश मुद्दाको विषयमा विवाद हुँदा जिल्ला अदालत नवलपरासी (पश्चिम) मा गोली चलेको छ।
सरावल गाउँपालिका-४ का हंशराज यादवले पेस्तोलबाट एक राउण्ड गोली प्रहार गरेको नवलपरासी प्रहरी प्रमुख एसपी ऋषिराम कंडेलले जानकारी दिनु भयो ।
गोली प्रहारपछि यादव भागेका छन्। यादवको खोजी भइरहेको एसपी कंडेलले बताउनु भयो ।
अंश मुद्दाको विषयमा छलफल गर्न अदालतमा उपस्थित भएका हंशराज र रोशनी यादवको बिचमा विवाद भएपछि उनले गोली हानेका थिए। रोशनी हंशराजकी काकी हुन्। तर गोली भने कसैलाई पनि लागेको छैन ।






प्रतिक्रिया