काठमाडौँ – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मन्त्रिपरिषद् हेरफेर गर्नु गठबन्धनले चलाइरहेको धन्दाको एउटा श्रृंखला भएको टिप्पणी गर्नुभएको छ ।
सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उपाध्यक्ष पोखरेलले मन्त्रिपरिषद् हेरफेर गरिनु गठबन्धनले चलाइरहेको धन्दाको एउटा श्रृंखला भएको बताउनु भएको हो ।
वरिष्ठ उपाध्यक्ष पोखरेल भन्नुहुन्छ, ‘अहिलेको मन्त्रिपरिषद् हेरफेरलाई विशेष किसिमले हेर्नुपर्ने जरूरी छैन। यो गठबन्धनको धन्दा हो र यो श्रृंखला चलिरहन्छन्। यो त्यही धन्दाको एउटा एपिसोड मात्र हो ।’





प्रतिक्रिया