अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा

नेपाल प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा


काठमाडौं – नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका भएका छन् ।

सोमबार बसेको मन्त्रीपरिषदको बैठकले बढुवा समितिको सिफारिसमा परेका पाँच डीआईजीलाई बढुवा गर्ने निर्णय गरेको हो ।

मन्त्रपरिषद्ले १ नम्बरमा उत्तम सुवेदी, दोस्रोमा अरुणकुमार बीसी र तेस्रोमा दिवेश लोहनीलाई एआईजीमा बढुवा गरेको छ । त्यसपछि मुकुन्दराज आचार्य र पूजा सिंह एआईजीमा बढुवा भएका छन् ।

पाँच डीआईजी एआईजीमा बढुवा भएसँगै रिक्त डीआईजीको संख्या १७ पुगेको छ। नेपाल प्रहरीमा हाल तीन जना मात्रै डीआईजी कार्यरत छन्।