अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बन्चरे डाँडामा स्थानीयको अवरोध पछि काठमाडौको फोहोर उठाउने काम फेरी रोकियो

बन्चरे डाँडामा स्थानीयको अवरोध पछि काठमाडौको फोहोर उठाउने काम फेरी रोकियो


काठमाडौं -लामो समयपछि उठाउन थालिएको काठमाडौको फोहोर केहीबरमा नै रोकिएको छ । सरकार र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधीबीच भएको सहमती नमान्ने भन्दै स्थानीयबासिन्दाले फोहोर फाल्न रोकेका हुन् ।
शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबारबाट काठमाडौंको फोहोर बिसर्जन गर्ने सहमति भएको थियो ।
तर आज बिहान काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरुलाई स्थानीयले बाटोमै रोकेका छन् । उनीहरुले उक्त सहमति नमान्ने भन्दै फोहोर बिसर्जन गर्न नदिएको काठमाडौं महानगरपालिकाका एक कर्मचारीले जानकारी दिए ।

गत १४ जेठबाट काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र अन्य नगरपालिकाहरुको फोहोर उठ्न सकेको छैन । फोहोर सडकमै थुप्रिएकाले दुर्गन्ध बढेको छ ।