सुर्खेत – जिल्ला समन्वय समिति सुर्खेतको २७ गते हुने चुनावका लागि नेकपा एमाले-माओवादी केन्द्र गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
प्रमुख उपप्रमुखसहित ९ वटै पदमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा केही बेरअघि मनोनयन दर्ता गरिएको हो ।
प्रमुखमा एमालेका गंगाराम सुनार, उपप्रमुखमा माओवादीका सचिनकुमार बडुवालले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
यस्तै, सदस्यमा एमालेका डिल्लीप्रसाद पाण्डे, पृथ्वीबहादुर बुढाक्षेत्री, चन्द्राकुमारी धामी, मिना मल्ल, सावित्रा टमटोले मनोनयन उम्मेदवारी दिएका छन् ।
माओवादीबाट शान्ति ताराम र तुलबहादुर नेपालीले सदस्यमा उम्मेदवारी दिएका छन् ।





प्रतिक्रिया