अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्री आलेको अक्रोश– पार्टीका चिप्ले किराहरु मैले चलखेल गर्‍यो भन्दैछन्

मन्त्री आलेको अक्रोश– पार्टीका चिप्ले किराहरु मैले चलखेल गर्‍यो भन्दैछन्


काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पार्टी भित्रकै केही नेताहरु आफूलाई बदनाम गर्न लागिपरेको आरोप लगाउनु भएको छ ।

पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको विश्वरुपा मन्दिर तथा आसपासमा रहेका सत्तल पुनर्निमार्णको शिलान्यास गर्दै मन्त्री आलेले पार्टी भित्रकै केही नेताहरु आफूलाई बदनाम गर्न लागिपरेको आरोप लगाउनु भएको हो ।

आफूलाई मन्त्री पदको लाभ नभएको र अन्य नेतालाई मौका दिने इच्छा भए मन्त्री बनाउन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गर्नुभयो ।

‘मैले मेरो पार्टीको आदरणीय नेता माधवकुमार नेपाललाई मन्त्रिमण्डल निर्माण गर्दा ६ महिनाको लागि हामीलाई तोकिएको थियो । मैले त्यही बेला भनेको थिएँ, हामीले त आठ महिना खान पायौँ । दुई महिना त ग्रेसमार्क पाइसक्यो । अरु साथीहरुलाई मौका दिने तपाईको इच्छा छ भने दिनुहोस् म खुशी छु भनेर मैले सहमति पनि दिएको हो’ उहाँले भन्नुभयो ।

मन्त्री आलेले पार्टीका केही नेताहरुले प्रेम आलेले चलखेल गरेको भन्दै अन्तरवार्ता दिइरहेको प्रति आपत्ति जनाउनु भयो । उहाँले भन्नुभयो, ‘तर हाम्रै पार्टी भित्रका केही ‘चिप्ले किराहरु आलेले धेरै चलखेल गर्‍यो भनेर अन्तरवार्ता दिइरहेका छन् । मलाई कुनै मन्त्रीको लोभ छैन । म जति दिन, जति समय, यो कुर्सीमा बस्छु, देश र जनताको शिर ननिहुरिने गरी काम गर्दछु ।’

मन्त्री आलेले पशुपति धर्मशाला बतास समूहलाई कौडीको भाउमा दिन नसक्ने बताउनु भयो ।