काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भष्ट्राचारमा मुछिएको भन्दै भर्खरै निर्वाचित जनप्रतिनिधिलाई निलम्बन गर्न निर्वाचन आयोगलाई पत्राचार गरेको छ ।
एक गाउँपालिका अध्यक्षसहित चारजना वडा अध्यक्ष भष्ट्राचारमा मुछिएको भन्दै उनीहरुलाई निलम्बन गर्न आयोगलाई पत्राचार गरेको हो ।
जसमा कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय, सोहि गाउँपालिकाको वडा नम्बर ३ का वडा अध्यक्ष नन्दराम गिरी, नुवाकोटको बिदुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष हरिराम भण्डारी र अछामको पंचदेवल विनायक नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुरतबहादुर रावल छन् । उनीहरु ४ जना नै भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधिमा निर्वाचित भएका थिए ।
गाउँपालिका अध्यक्ष जोशी यस अघि गाउँपालिकाकै वडा नम्बर २ को वडा अध्यक्ष हुदाँ, वडा अध्यक्ष गिरी यस अघि नै सोहि वडाको अध्यक्ष हुदाँ, भण्डारी स्थानीय सुलक्षण माध्यमिक विद्यालयको प्रध्यानाध्यापक हुदा र रावल पनि स्थानीय कालीदेवी माध्यमिक विद्यालयको प्राथमिक तहका शिक्षक हुदा भष्ट्राचारको मुद्धामा मुछिएका थिए । उनीहरुमध्ये कतिपय भ्रष्टाचारको कसुरमा आयोगबाट विशेष अदालतमा आरोपपत्र दर्ता गरी मुद्दा विचाराधीन अवस्थामा रहेको, कतिपयको कसुर ठहर भएका रहेको आयोगका सहायक प्रवक्तासमेत रहेका उपसचिव वेदप्रसाद भण्डारीले जानकारी दिनुभयो ।





प्रतिक्रिया