काठमाडौं – नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले देशलाई काम गर्ने प्रधानमन्त्री चाहिएको बताउनु भएको छ।
विनियोजन विधेयक, २०७९ विभिन्न शीर्षकहरूमा प्रतिनिधिसभामा जारी छलफलका क्रममा बुधबार सहभागी कृषि मन्त्रालयको कार्यक्रमबारे बोल्दै भट्टराईले यस्तो बताउनु भएको हो ।
उहाँले प्रधानमन्त्री शेरबहादुर देउवातिर कटाक्ष गर्दै देशलाई काम गर्ने प्रधाामन्त्री चाहिएको बताउनु भएको हो ।
भट्टराई भन्नुहुन्छ, ‘हामीलाई र्याल, सिंगान काढ्ने प्रधानमन्त्री चाहिएको होइन । कृषकहरुका लागि मल ल्याउने प्रधानमन्त्री चाहिएको छ। तर यो वर्ष पनि मलबिनै कृषकको खेती लाग्यो।’
उहाँले मलको अभाव भइरहेका बेला कृषिमन्त्री नै गायब भएको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘रासायानिक मल खोज्न कृषि मन्त्री भारततिर गएका छन् भन्ने हामीले सुनेका छौँ । मल खोज्न गएका कृषिमन्त्री उतै पो निर्वासित हुने हुन् किन भन्ने भएको छ।’





प्रतिक्रिया