अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कृषकको बाली पाक्न लागिसक्यो, सरकार मल दिन सक्दैन : गगन थापा

कृषकको बाली पाक्न लागिसक्यो, सरकार मल दिन सक्दैन : गगन थापा


काठमाडौं – नेपाली कांग्रेसका नेता गगनकुमार थापाले कृषकको बाली पाक्न लाग्दा रासायनिक मल नल्याएर सरकारले कमजोरी गरेको बताउनु भएको छ ।

विनियोजन विधेयक, २०७९ विभिन्न शीर्षकहरूमा प्रतिनिधिसभामा जारी छलफलका क्रममा बुधबार सहभागी कृषि मन्त्रालयको कार्यक्रमबारे बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले सरकारमाथि प्रश्न उठाउनु भएको छ ।

महामन्त्री थापा भन्नुहुन्छ, ‘कृषकको बाली पाक्न लागिसक्यो तर सरकार मल ल्याउन सक्दैन । अनि सीमापारि गएर बोरामा मल ल्याएका कृषकहरुलाई लाठीले ठोकेर, बुटले हानेर बहादुरी देखाउँछौँ।’

महामन्त्री थापाले देशमै मल कारखाना खोल्ने कुरा पनि मौसमी भएको गुनासो गर्नु भयो । उहाँले भन्नुभयो, ‘खोल्ने भए खोलिहालौँ, मल कारखाना सुरु गरिहालौँ । १५ अर्बको ठेक्का लागेर पनि समय आउँदैन। पैसा पनि पुग्दैन।’