अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मलको अभाव भइरहेका बेला कृषिमन्त्री नै गायब भए ? : योगेश भट्टराई

मलको अभाव भइरहेका बेला कृषिमन्त्री नै गायब भए ? : योगेश भट्टराई


काठमाडौं – नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले रासायनिक मल अभावमा कृषकहरु पीडामा परिरहेका बेला पाँच दलीय गठबन्धन सरकार रमिते बनेको आरोप लगाउनु भएको छ ।

विनियोजन विधेयक, २०७९ विभिन्न शीर्षकहरूमा प्रतिनिधिसभामा जारी छलफलका क्रममा बुधबार सहभागी कृषि मन्त्रालयको कार्यक्रमबारे बोल्दै भट्टराईले सरकारमाथि प्रश्न उठाउनु भएको हो ।

धान, मकैसहितका बर्खे बालीका लागि आवश्यक मल ल्याउन नसकेको सरकारले त्यसमै माल खोजिरहेको आरोप लगाउनु भयो ।

उहाँले मलको अभाव भइरहेका बेला कृषिमन्त्री नै गायब भएको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘रासायनिक मल खोज्न कृषि मन्त्री भारततिर गएका छन् भन्ने हामीले सुनेका छौँ । मल खोज्न गएका कृषिमन्त्री उतै पो निर्वासित हुने हुन् किन भन्ने भएको छ।’ उहाँले सरकारले मल ल्याउन नखोजेको आरोप पनि लगाउनु भयो ।