अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इम्बोस्ड नम्बर प्लेटमा कमिशन र भ्रष्टाचार छ : राजेन्द्र लिङ्देन

इम्बोस्ड नम्बर प्लेटमा कमिशन र भ्रष्टाचार छ : राजेन्द्र लिङ्देन


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सामाजिक सञ्जालमार्फत इम्बोस्ड नम्बर प्लेटसँग सम्बन्धित अनेक आशंका सार्वजनिक गर्नु भएको छ ।

अध्यक्ष लिङ्देनले इम्बोस्ड नम्बर प्लेटमा कमिशन र भ्रष्टाचार रहेको कुरातर्फ सबैलाई सचेत गराउनु भएको छ ।

अध्यक्ष लिङ्देन भन्नुहुन्छ, ‘इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने समयसीमाको कुरा मात्रै होइन, कुरा भाषाको हो, सुरक्षाको हो, लागतको हो । कुरा कमिशन र भ्रष्टाचारको हो। सबैभन्दा दुःखद् कुरा त नेपालमै नेपाली भाषाको माग गर्नुपर्ने परिस्थिति आउनु हो।’

सरकारले सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही गर्ने चेतावनी दिएपछि चर्को विरोध भएको थियो।

साउनसम्म नजोडे कारबाहीको चेतावनी सरकारबाट आएपछि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न यातायात कार्यालयमा सवारी धनीको भीड सुरु भएको थियो। तर, जनस्तरबाट तीव्र विरोध भएपछि यातायात व्यवस्था विभागले सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न नखोजिएको स्पष्टीकरण दिएर पछि हटेको छ।