अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विश्वविद्यालयमा ताला लगाउनेलाई सरकारले नै संरक्षण गरिरहेको छ : सुनिता बराल

विश्वविद्यालयमा ताला लगाउनेलाई सरकारले नै संरक्षण गरिरहेको छ : सुनिता बराल


काठमाडौं – नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयमा सरकारकै संरक्षणमा अपराधिक गतिविधि भइरहेको भन्दै त्यस्तो काम तत्काल बन्द गर्न चेतावनी दिएको छ ।

अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले विज्ञप्ति जारी गरी यस्तो आग्रह गर्नुभएको हो ।

अध्यक्ष बरालले भन्नुभयो, ‘गृहमन्त्री बालकृष्ण खाँडको प्रत्यक्ष संरक्षण, आफूलाई नेविसंघ र प्राध्यापकको नाममा विश्वविद्यालयलाई गैरप्राज्ञिक र असफल बनाउन राजनीति गर्ने झुण्डको समर्थनमा अहिले विश्वविद्यालय बन्द छ । हामी यस्ता अपराधी कुकर्ममा सङ्लघनहरुलाई राजनीतिक संरक्षण नदिन नेविसंघ र प्राध्यापक सङठनहरुलाई पनि आग्रह गर्न चाहान्छौं । यसको उद्देश्य वर्तमान पदाधिकारीलाई हटाउने र जथाभावी कलेजको सम्बन्धन बाडेर करौडौ पैसा असुल गर्ने काममा उद्दोलित छ । त्यहि पैसाबाट धरौटी वापतको रकम मिलाउने अनि आफु अनुकूलका अप्राज्ञिक व्यक्तिलाई विश्वविद्यालयलको बागडोर जिम्मा लगाउने नै हो । दर्जनौं विश्वविद्यालयहरुको नेतृत्व गरिरहेका कुलपति तथा प्रधानमन्त्री देशकै ठुलो विश्वविद्यालय विगत पाँच महिनादेखी तालाबन्दी हुँदा पनि आँखामा पट्टि र कानमा तेल हालेर बसिरहनुले यस सरकार एकातर्फ त्रिविलाई सेन्टर फर एक्सलेन्स बनाउने भनेर घोषणा गर्दछ भने अर्कोतर्फ विश्वविद्यालयलाई बन्धक बनाउन आफै क्रियाशील छ, यसले सरकारको द्वैध चरित्र पुष्टि गर्दछ।’

नेपाल विद्यार्थी संघले विभिन्न माग राख्दै पाँच महिनादेखि त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेको छ । अनेरास्ववियुले विश्वविद्यालयमा ताला लगाउनेलाई सरकारले नै संरक्षण गरिरहेको आरोप लगाएको छ ।

त्रिविलाई सेन्टर फर एक्सिलेन्स बनाउने घोषणा गरेको सरकार पाँच महिनादेखि तालाबन्दी हुँदा पनि कानमा तेल हालेर बसेको र विश्वविद्यालयलाई बन्धक बनाउन आफैं क्रियाशील भएको अनेरास्ववियुले विज्ञप्तिमा उल्लेख गरेको छ ।