विराटनगर- प्रदेश १ को सरकारले आज ल्याएको बजेट ‘जोडजाड गरेर रित पुर्याउने’ खालको मात्र भएको विपक्षी दलका साँसद इन्द्रमणी पराजुलीले बताउनुभएको छ ।
नेकपा एमालेका साँसद पराजुलीले यो बेलासँग संक्षिप्त कुरा गर्दै विगतमा एमाले सरकारले ल्याएका कार्यक्रममको निरन्तरताको रुपमा नीति कार्यक्रम ल्याइएको बताउनुभयो । नीति बनाउनका लागि साँसदहरु जिल्ला दौडाहामा गएको भए पनि स्थानीयको सुझावलाई पूर्णत वेवास्ता गरिएको बताउनुभयो । ‘सुझावका लागि भनेर साँसदहरुको जिल्ला दौडाहा गरियो तर त्यहाँबाट आएका सुझावको पूर्णत वेवास्ता गरियो ’ पराजुलीले भन्नुभयो ‘त्यसैले हामी मात्र हैन गठबन्धन कै साँसदहरु पनि नीति कार्यक्रममा खुशी छैनन् ।’
कोरोनाको महासंकट पछि ल्याएको नीति कार्यक्रममा जनतालाई उत्साह दिने,सहुलियत दिने र सरकार अभिभावकको रुपमा रहेको अनुभुती दिने गरीको कार्यक्रम हुनु पर्नेमा उल्टै जनतालाई निराश बनाउने कार्यक्रम ल्याएको पराजुलीको टिप्पणी छ । ‘नीति कार्यक्रमको कुनै नयाँ मेसेज छैन,जोडजाड गरेर रित पु¥याएको मात्र छ’ पराजुलीले भन्नुभयो ।





प्रतिक्रिया