विराटनगर-स्थानीय तहको निर्वाचनपछि कार्यकर्तामा सकारात्मक उर्जा भर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको देश दौडाहा फेरी सुरु भएको छ ।
यसै क्रममा स्थानीय तहको निर्वाचनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलो पटक काठमाडौ बाहिरको कार्यक्रममा सहभागी हुन विराटनगर जाने हुनु भएको छ । विभिन्न जिल्लामा आयोजना हुने कार्यक्रममा अध्यक्ष ओलीलाई निमन्त्रणा आइरहेको उहाँको सचिवालयले जनाएको छ । क्रमश समयको व्यवस्थापन गरेर जिल्ला दौडाहामा अध्यक्ष ओली निस्कने एमालेले जनाएको छ ।
मोरङ एमालेका सचिव रुपेश खतिवडाका अनुसार भोली जेठ २७ गते अध्यक्ष ओली जिल्ला पार्टीले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनहुनेछ । कञ्चनजंघा पार्टी प्यालेस,बरगाछीमा विहान ११ बजेबाट कार्यक्रम सुरु हुने खतिवडाले जानकारी दिनुभयो ।
उहाँका अनुसार वर्तमान राष्ट्रिय राजनीति र भावी कार्यदिशाका सम्बन्धमा जिल्ला स्तरीय कार्यकर्तालाई अध्यक्ष ओलीले प्रशिक्षण दिने कार्यक्रम छ । कार्यक्रममा स्थानीय तहका कमिटकिा सबै सदस्य,वर्तमान र पूर्व जनप्रतिनिधीहरु,जनसंगठनका जिल्ला तह भन्दा माथीका सबै नेताहरु,पार्टी जिल्ला कमिटी र महाधिवेशन प्रतिनिधीहरु सहभागी हुनेछन् । यसैगरी पार्टीका केन्द्र,प्रदेश र केन्द्रीय विभागका सदस्यहरु र पेशागत क्षेत्रका नेताहरु कार्यक्रममा सहभागी हुने एमाले मोरङले जनाएको छ ।





प्रतिक्रिया