अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजको संसद बैठकमा चारवटा मन्त्रालयका विभिन्न शिर्षकमा छलफल हुने

आजको संसद बैठकमा चारवटा मन्त्रालयका विभिन्न शिर्षकमा छलफल हुने


काठमाडौं- विनियोजन विधेयक २०७९ का विभिन्न शीर्षकमाथि छलफलका लागि आज पनि संघीय संसद् प्रतिनिधिसभाको बैठक बोलाइएको छ।
बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक बोलाइएको संघीय संसद् सचिवालयले जनाएको छ। आजको बैठकमा अर्थ, रक्षा, शिक्षा र खानेपानी मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची छ।
बुधवारको बैठकमा कृषि तथा पशुपंक्षी, उद्योग, वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन र संचार तथा सूचना प्रविधि मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको थियो।