काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले त्रिभुवन विश्वविद्यालय १३९ दिन तालाबन्दी हुँदा पनि सरकार मुकदर्शक बनेको आरोप लगाउनुभएको छ ।
बिहीबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनले गृहमन्त्री र शिक्षामन्त्रीलाई त्रिविमा ताला लागेको जानकारी छ भनी प्रश्न गर्नुभयो।
‘१३९ दिन भयो त्रिभुवन विश्वविद्यालयमा ताल्चा लागेको गृहमन्त्रीज्यू, शिक्षामन्त्रीज्यू तपाईलाई जानकारी छ’ उहाँले भन्नुभयो ‘के उत्कृष्ट हुन लागेको हो ?’
सरकारले बजेटमार्फत त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसलाई सेन्टर फर एक्सिलेन्स बनाउने घोषणा गरेको छ । तर नेपाली कांग्रेसको विद्यार्थी संगठनले विभिन्न माग राख्दै उपकुलपतिसहितका पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेको छ ।





प्रतिक्रिया