अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तनहुँमा भासिएको सडकबाट मर्स्याङ्दी नदीको खोंचमा कार खस्यो

तनहुँमा भासिएको सडकबाट मर्स्याङ्दी नदीको खोंचमा कार खस्यो


तनहुँ – पृथ्वीराजमार्ग अन्तरगत तनुहँको आँबुखैरेनी गाउँपालिका–४ डम्पीमा सडक भासिएको स्थानबाट कार खसेको छ ।

सडकबाट तल मर्स्याङ्दी नदीको खोंचमा कार खसेको देखिएको घटनास्थलमा रहेका तनहुँ प्रहरी प्रमुख राजेन्द्रबाबु रेग्मीले बताउनुभयो । रेग्मीका अनुसार गोताखोर, उद्धारकर्ता र स्वास्थ्यकर्मीसहितको टोलीलाई त्यहाँ परिचालन गरिएको छ ।
प्रहरीका अनुसार उक्त कार आबुखैरेनीबाट मुग्लिङ तर्फ जाँदै गरेको भनिए पनि कारमा कतिजना थिए र कोको थिए भन्ने खुलेको छैन ।

सडक भासिएका कारण आज बिहान करिब ५ बजेदेखि नै पोखरा–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध भएको छ । अवरुद्ध सडक तत्काल खुल्न सक्ने अवस्था नरहेकाले सवारी साधनहरु जताबाट आएका छन्, उतैतिर फर्काइएको छ । साथै सवारी साधनलाई पोखरा र मुग्लिनमै सवारी साधनलाई रोकिएको छ । प्रहरी र स्थानीय बासिन्दाले बाटो खुलाउने प्रयास गरिरहेका छन् ।