अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको निर्देशन – मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गर्नु

प्रधानमन्त्रीको निर्देशन – मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गर्नु


काठमाडौं – सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गरेर अनुसन्धान अघि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिनुभएको छ ।

सप्तरीका विपन्न नागरिकलाई चर्को व्याजमा ऋण दिएर शोषण गरेको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई यस्तो निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जनकारी दिनुभयो ।

यो विषयमा प्रतिनिधि सभा बैठकमा नै सांसदहरूले मिटर व्याजीलाई पक्रउ गरेर कारबाही गर्न सरकारसँग माग गरेका थिए ।