काठमाडौं – नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र इण्डोनेसियाका गैर–आवासीय राजदूत हेरु हर्टएन्टो सुवोलोबीच भेटवार्ता भएको छ।
आज जङ्गी अड्डामा भएको भेटमा दुई पक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिनु भयो । यस किसिमको भेटघाटले दुई देशबीचको सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने नेपाली सेनाको विश्वास छ।
शुक्रबार अमेरिकी सेनाका उच्च अधिकारी पनि जङ्गी अड्डामा जाँदै छन्।
बिहीबार चार दिने नेपाल भ्रमणमा आउनु भएका अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डर चाल्र्स ए फ्लिनलाई सैनिक मुख्यालयमा गार्डअफ अनर प्रदान गरिने छ।





प्रतिक्रिया