विराटनगर – प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईले वर्तमान सरकार संघीयताको अभ्यासलाई कमजोर बनाउन लागिपरेको आरोप लगाउँदै संसदमा आक्रोश पोख्नु भएको छ ।
एमाले नेता राईले वर्तमान सरकारप्रति कमिसनतन्त्रमा फसेको, कर्मचारीबाट असुली गरेको, भूमाफियासित मिलेको आरोपसमेत लगाउनु भयो ।
आर्थिक वर्ष २०७९–८० को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै पूर्वमुख्यमन्त्री राईले नीति तथा कार्यक्रम रनभुल्लमा आएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो सरकार मिलेर खान मात्रै बनेको हो भन्ने जगजाहेर छ । यो सरकार आफैं रनभुल्लमा छ। म कहिले आएँ, कहिलेसम्मका लागि आए भन्ने पनि टुंगो छैन। मलाई ताजुब लाग्यो। कतिबेला झोलीतुम्बी बोकेर हिँड्नुपर्ने भएर हो कि कुनै धन्दामा दिलदिमाग भएर हो पूर्ववर्ती सरकारले गरेको सबै काम मैले गरेको भनेको ? कुन निन्द्रामा सुतेको थियो यो सरकाररु अलिकति असहज लाग्दैन ?’
उहाँले सरकारलाई सोध्नुभयो, ‘तपाईँ सरकारमा आएपछि कहाँ–कहाँ प्रदेश संरचनाको जग हाल्नुभयो ? कुन ऐन बनाउनुभयो ? कुन पूर्वाधार विकासको काम गर्नुभयो ? तपाईँ आएपछि के गर्नुभयो ? पहिलेका सरकारले गरेको काम मैले गरेको भनेर भन्न लाज लाग्दैन ?’
विद्यार्थी लक्षित ‘म अघि बढछु’ कार्यक्रम बन्द गरेकोमा पनि उहाँले सरकारको आलोचना गर्नुभयो । ‘प्रहरीले डामेर छोडेका व्यक्तिलाई नियुक्त गरेर रमिता देखाएको किन ?’





प्रतिक्रिया