अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विराटनगरमा विभिन्न पार्टी परित्याग गरी १५० जना एमालेमा प्रवेश

विराटनगरमा विभिन्न पार्टी परित्याग गरी १५० जना एमालेमा प्रवेश


विराटनगर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विराटनगरमा प्रतिष्ठित समाजसेवी, शिक्षासेवी तथा अन्य पार्टीबाट डेढ सयभन्दा धेरैलाई एमाले प्रवेश गराउनु भएको छ ।

आज दिउँसो एक कार्यक्रमका लागि विराटनगर पुग्नुभएका अध्यक्ष ओलीले त्यहाँका केही प्रतिष्ठित व्यक्तिहरुलाई एमाले प्रवेश गराउनु भएको हो ।

आजको कार्यक्रमबाट राप्रपाका भगवान थापा पनि एमाले प्रवेश गर्नुभएको छ । त्यस्तै, लोसपा नेता नन्दलाल मण्डल, नेकपा माओवादी केन्द्रका नेता तथा ६ नम्बर वडाका पूर्वअध्यक्ष विजय कामतलगायत १५० भन्दा बढी व्यक्ति विभिन्न पार्टीबाट एमाले प्रवेश गरेका हुन् ।