अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचनमा एमालेको पक्षमा जनमत निर्माण गर्न सहयोग गर्ने कलाकारलाई अध्यक्ष ओलीले आज सम्मान गर्ने

निर्वाचनमा एमालेको पक्षमा जनमत निर्माण गर्न सहयोग गर्ने कलाकारलाई अध्यक्ष ओलीले आज सम्मान गर्ने


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा एमालेका पक्षमा जनमत निर्माणमा सहभयोग गरेका कलाकारलाई आज सम्मान गर्ने कार्यक्रम छ ।
राष्ट्रिय जनसंगित कलाकार संघले काठमाडौको बुद्ध नगर स्थित क्वाललिटी ब्यांक्वेटमा कार्यक्रम गरेर कलकारलाई सम्मान गर्न लागेको हो । संघका अध्यक्ष बैकुण्ठ महतका अनुसार स्थानीय निर्वाचनका बेला एमालेको पक्षमा जनमत निर्माणमा सहयोग गरेका कलाकारलाई सम्मान, वर्तमान गीत,संगित र कलकारिताको क्षेत्रका बारेमा अध्यक्ष ओलीलाई जानकारी गराउने र विभिन्न मनोरञ्जनात्मक प्रष्तुतीहरु गरिने छ । कार्यक्रम दिउसो १२ बजे देखि सुरु हुने महतले जानकारी दिनुभयो ।