अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘जहाँको फोहोर त्यहीँ व्यवस्थापन योजना’ छिट्टै लागू गर्छौं : उपमेयर सुनिता डंगोल

‘जहाँको फोहोर त्यहीँ व्यवस्थापन योजना’ छिट्टै लागू गर्छौं : उपमेयर सुनिता डंगोल


काठमाडौं – काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरले फोहोरमैला व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ ।

ज्यापु महागुथि नेपाः काठमाडौं महानगर समितिले महानगरका नवनिर्वाचित जनप्रतिनिधिलाई गरेको सम्मान कार्यक्रमपश्चात सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

उपमेयर डंगोलले भन्नुभयो, ‘महानगरबाट हामीले फोहोरमैला व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौ । हिजोबाट फोहोर उठ्न पनि थालिसकेको छ ।’

तर यो दीर्घकालिन समाधान भने नभएको उपमेयर डंगोलले बताउनु भयो । उहाँले भन्नुभयो, ‘दीर्घकालिन रुपमा हामीले जहाँको फोहोर हो, त्यहीँ नै फोहोरको व्यवस्थापन गर्नुपर्छ । त्यसैलाई नै हामीले दीर्घकालिन रुपमा अगाडि बढाउनुपर्छ भनेर विभिन्न योजनाहरू बनाउदैछौँ । छिट्टै त्यो लाग गर्नेछौँ ।’

उपमेयर डंगोलले घरैबाट जैविक–अजैविक छुट्याइ दिन पनि अनुरोध गर्नु भयो ।