काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तह निर्वाचनबाट नेकपा माओवादीको जनमत झन् घटेको टिप्पणी गर्नु भएको छ ।
शनिबार ललितपुरमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको कार्यक्रममा उहाँले माओवादी अब वामपन्थी शक्तिको रुपमा नरहेको बताउनु भयो ।
२०७९ सालको स्थानीय चुनावमा माओवादी केन्दलाई अत्यन्त ठूलो क्षति भएको छ । माओवादीको सिट बढेको भएता पनि जनमत उल्लेख्य रुपमा घटेको छ’ महासचिल पोखरेलले भन्नुभयो, ‘२०७४ सालको निर्वाचनमा १७ प्रतिशत प्राप्त गरेको थियो । आज त्यो जनमत १३ प्रतिशत छ ।’
माओवादी अब वामपन्थी शक्तिको रुपमा नरहेको र आफ्नो अस्तित्व रक्षाका लागि कुनै न कुनै शक्ति टाँसिनुपर्ने बाध्यतामा पुगेको महासचिव पोखरेलले बताउनु भयो ।
महासचिव पोखरेलले अहिले नेकपा एमालेको प्रतिस्पर्धी नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी नभई नेपाली कांग्रेस नै भएको बताउनु भयो ।
सत्तारुढ गठबन्धनमा रहेका दललाई नेपाली कांग्रेसले उपयोग गरिरहेको पोखरेलले बताउनु भयो । माओवादीलगायतका दलले कांग्रेसले आफ्नो स्वार्थका लागि अरुलाई उपयोग गरिरहेको छ भन्ने बुझ्न नसकेको उहाँको भनाइ छ ।





प्रतिक्रिया